भारतीय खेलाडी शिखर धवन कर्णाली याक्सबाट खेल्ने

काठमाण्डु-भारतीय क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध भएका छन् । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको हो । कर्णालीले भारतीय राष्ट्रिय टोलीबाट तीन वटै फर्म्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो । सम्झौतामा कर्णालीका मालिक झनकदत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता…