काठमाण्डु - चीनले आफ्ना नागरिकलाई नेपाल–भारत सीमा क्षेत्रमा नजान अपिल गरेको छ । केही चिनियाँ नागरिकहरू सीमा क्षेत्रबाट पक्राउ परेपछि चीनको यस्तो अपिल आएको हो । हालै भारत र पाकिस्तानबीच भएको युद्धपछि भारतले नेपाल–भारत सीमाक्षेत्रमा गस्ती र निरीक्षण बढाएको खबरसँगै नेपालस्थित चिनियाँ दूतावासले नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिकहरूलाई नेपाल–भारत सीमाक्षेत्रमा नजान आग्रह गरेको हो ।…