काठमाण्डु- प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे शुक्रबार विश्वभर मनाइँदैछ । यस दिनलाई प्रेम र स्नेहको महत्वलाई चिनाउने विशेष गरी मनाइन्छ । जसले मानिसलाई उसकै प्रिय व्यक्तिका लागि आफ्ना भावनाहरू व्यक्त गर्ने प्रेरणा दिन्छ । यो दिवस १४ फेब्रुअरीका नामले पनि चर्चित छ । विश्वव्यापीकरणसँगै विशेषगरी युवा पुस्ताले प्रणय दिवसलाई एकहप्ता अघिदेखि नै रोज डे, प्रपोज…