ओमान उडिन् परराष्ट्रमन्त्री राणा, यस्ता छन् कार्यसूची

काठमाण्डु–परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । भ्रमणको दौरान मन्त्री डा. राणाले ‘समुद्री साझेदारीको नयाँ क्षितिजतर्फको यात्रा’ भन्ने नाराका…