काठमाण्डु – पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौँस्थित माइतीघर मण्डलमा प्रदर्शन र नाराबाजी गरेको छ । प्लेकार्डसहित माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताले सरकारविरोधी नाराबाजी गरेका थिए । कात्तिक २ गते सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले पक्राउ गरेर पोखरा लग्दै अनुसन्धान थालेपछि रास्वपाले दिनहुँजसो प्रदर्शन…