काभ्रे – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरूलाई समाजवादी क्रान्तिकै तयारीको रूपमा बुझ्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी…