संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किन्छ : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि झल्किने बताएका छन् । मुख्यमन्त्री निवासमा शुक्रबार मोरङका सञ्चारकर्मीले देउसी खेलेपछि शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले नेपालीको दोस्रो ठूलो चाड तिहारले सम्पूर्ण नेपालीमा सामाजिक सद्भाव कायम राखेर एकसुत्रमा बाँध्न सहयोग पुगेको बताए । उनले यही वर्ष प्रदेशमा हुने लगानी, चिया सम्मेलन र…