राजावादीको ‘धार्मिक तथा जनजागरण अभियान’ स्थगित

काठमाण्डु– राजतन्त्र स्थापनाका लागि गठन संयुक्त जनआन्दोलन समितिले तय गरेको धार्मिक जनजागरण अभियान स्थगित गरेको छ। नवराज सुवेदी नेतृत्वको समितिले जेठ ८ गतेदेखि गर्ने भनेको जनजागरण अभियान स्थगित भएको हो । सुवेदीले बुधबार एक सूचना जारी गर्दै भनेका छन् जनजागरण अभियान कारणबस स्थगन गरिएको छ । यस सम्बन्धमा अको सुचना जारी हुनेछ ।