साफ वुमन्स च्याम्पियनसिप : नेपाल र भुटान खेल्दै

काठमाण्डु-साफ वुमन्स च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल भुटानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने नेपाल र भुटानबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । नेपाल आजको खेलमा जितको लक्ष्यसहित मैदान उत्रने छ । तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले राम्रो लय समातेको हुँदा आजको खेल दुबै टोलीका लागि…