काठमाण्डु – सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला, नित्यानन्द पाण्डे र बेल्जियमका लागि प्रस्तावित राजदूत परराष्ट्रसचिव सेवा लम्सालको १४ कात्तिकमा संसदीय सुनुवाइ हुने भएको छ। संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीशद्वय निरौला, पाण्डे र राजदूत लम्सालको एकैदिन सुनुवाइ गर्ने गरी सचिवालयले प्रस्ताव पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी…