बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द

काठमाण्डु–बिपी राजमार्ग रातको समयमा बन्द हुने भएको छ । बिपी राजमार्गको बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड बेलुका ६ बजे देखि बिहानको ५ बजेसम्म बन्द हुने भएको हो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ मातहतको सडक डिभिजन खाल्टेले बुधबार एक सूचना जारी गर्दै ट्र्याकको मर्मत तथा स्तरोन्नति कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने…