खोटाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु - खोटाङ केन्द्रबिन्दु भएर  भूकम्प गएको छ। सोमबार राति १० बजेर ३२ मिनेटमा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।