काठमाण्डु-विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनर्स्थापना र पुनर्निर्माणमा लाग्न माग गर्दै उनीहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् । यसैअनुसार प्रभावितलाई राहत, पुनर्स्थापना, पुनर्निर्माणको विषय समेटेर प्रधानमन्त्री केपी ओलीलाई प्रमुख प्रतिपक्ष दल माओवादी, प्रतिपक्ष दलहरू रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले…