असन्तुष्टि पोख्न गएका द्वन्द्वपीडितलाई ओलीले भने-मेरो एमाले पनि पीडित पार्टी हो

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबारको भेटमा द्वन्द्वपीडित देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरुसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । ध्यानाकर्षणपत्रमा दलीय भागवण्डा नभई निष्पक्ष…