निर्वाचन प्रणालीमा होइन, शासन गर्ने व्यक्तिमा समस्या छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाण्डु – पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले नेपालको निर्वाचन प्रणालीमा नभई शासन सञ्चालन गर्ने व्यक्तिमा समस्या रहेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजले शुक्रबार काभ्रेमा आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहसबारे छलफल कार्यक्रममा उनले अब पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव दिए । शासन गर्ने दलका नेताहरूमा देखिएको समस्यालाई निर्वाचन प्रणालीमा देखिएको भनेर टार्न खोजिएको…