बैतडी – किशोरी बेपत्ता पारेको आरोपमा बैतडीमा प्रहरी हवल्दार पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज एवं प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले प्रहरी हवल्दार जोशीलाई शुक्रबार नियन्त्रणमा लिएको बताए ।…