अब सुन धितो राख्दा ५० लाख भन्दाबढी कर्जा नपाइने, सेयरधनीले सोही बैंकबाट कर्जा लिन नपाउने

काठमाण्डु– सुन धितो राख्दा अब ५० लाख रुपैयाँ भन्दाबढी कर्जा नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशनको बुँदा नम्बर ५ मा थप व्यवस्था गर्दै केन्द्रीय बैंकले सुन धितो कर्जाको एक ग्राहक कर्जा सीमा…