बीपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालन गर्ने प्रयास हुँदैछ : गृह मन्त्रालय

काठमाण्डु – गृह मन्त्रालयले बीपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अवरुद्ध बीपी राजमार्ग लगायतका केही सडक खण्डहरू वैकल्पिक व्यवस्था गरी अस्थायी रूपमा सञ्चालन गर्न प्रयास भइरहेको जनाएका छन् । धेरै स्थानमा अवरुद्ध भएका सडकहरू सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ ।…