काठमाण्डु – पर्यटन व्यवसायीलाई आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले प्रयास शुभारम्भ गरेको छ । नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरिएको भविष्यको पर्यटन नेतृत्व विकास शृंखलाको उद्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थी सहभागी थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कार्यक्रमको महत्त्वलाई जोड…