एन्फा कप फुटबल प्रतियोगिता स्थगित

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ । एन्फाले ए डिभिजनका क्लब सहभागी हुने गरी वैशाख २० गतेदेखि प्रतियोगिता आयोजना गर्न चैत २५ गते नै निर्णय गरेको थियो । एएफसी क्लब च्याम्पियनशिप प्रतियोगितामा टिम पठाउने लक्ष्यसहित प्रतियोगिता गर्ने निर्णय गरेको एन्फाले जनाएको थियो…