काठमाण्डु– सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले रिट निवेदन हेर्न नमिल्नेमा राखेको हो । सोमबार फुयाँलको इजलासमा पेसी तोकिएको थियो । तर फुयालले यसअघि नै लामिछानेको पासपोर्ट दुरुपयोग मुद्दा हेरिसकेकाले फुयालले उनको मुद्दा नहेरेका हुन् ।…