काठमाण्डु–नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। राष्ट्र बैंकको गभर्नर नियुक्त हुने पक्का भएपछि भट्टले शुक्रबार राजीनामा दिएका हुन् । बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई १८औँ गभर्नर बनाउने सहमति भएको थियो। भट्टलाई गर्भनर बनाउन कांग्रेस सभापति देउवा सुरुदेखि नै जोड गरिरहेका थिए ।…