काठमाण्डु – असोज १९ गते अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ जाँदाजाँदै विवादित नियुक्ति गर्ने तरखरमा लागेका छन् । अवकाशको मुखमा रहेका प्रधानन्यायाधीश श्रेष्ठ जाँदाजाँदै वरियता र क्षमताको बेवास्ता गर्दै गृहमन्त्री रमेश लेखकका साँढुभाइ नाताका नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउनतिर लागेका छन् । घर बिदामा रहेका प्रधानन्यायाधीश श्रेष्ठले पाण्डेलाई सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस…