काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाण्डुमा आयोजना गर्ने भएको छ । रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत भेलाका लागि १५ दिनदेखि तयारी गरिएको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने २ दिने भेलामा देशभरबाट १ हजार ५०० प्रतिनिधिले…