उपसभामुख रानाविरुद्ध दुई तिहाई जुटाउने जिम्मा गृहमन्त्री लेखकलाई

काठमाण्डु – नेपाली कांग्रेसले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध दुई तिहाइ मत जुटाउने जिम्मा गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखकलाई दिएको छ । पदीय मर्यादाविपरीत असम्बन्धित व्यक्तिलाई अमेरिका लाने उद्देश्यले पत्र लेखेकी उपसभामुख रानाविरुद्ध दुई तिहाइ मत पुर्‍याउने जिम्मा पार्टीले गृहमन्त्री लेखकलाई दिएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । उपसभामुख रानाले आफ्नो गल्ती स्वीकार गरी राजीनामा…