काठमाण्डु – नेकपा एमालेको सदस्यबाट निष्कासित नेता डा. भीम बहादुर रावलले पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा विश्वस्त रहेको बताएका छन् । पार्टी सचिवालय बैठकले कारवाहीको निर्णय गरेको भोलिपल्ट बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रावलले लेखेका छन्, ‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध…