काठको डुङ्गा पल्टिँदा ४१ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुङ्गा पल्टिँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको डुङ्गा गुम्मी नजिकैको नदीमा पल्टिएको हो । अन्य १२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । डुङ्गामा सवार यात्रु छिमेकी समुदायहरूमा आफ्नो खेतबारीमा डुङ्गाबाट दैनिक यात्रा गर्ने किसानहरू थिए ।…