काठमाण्डु– काठमाण्डु महानगरपालिकामा प्रहरी तैनाथ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन आउने भनिएपछि महानगरपालिका परिसरमा प्रहरी तैनाथ गरिएको हो । प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै महानगरले गुरागाईंलाई जिम्मेवारीबाट हटाएको थियो । उनी आज कार्यालय आउने तयारी गरेपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजेको हो । महानगरका कर्मचारीहरूले…