काठमाण्डु– नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । चापागाईंले सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरीसकेका छन् । गत चैत्र ११ गते नारदकुमार लुइँटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरिएको थियो तर मुख्यसचिवबाट निर्णय प्रमाणित नभएपछि…