धर्मगुरु पुष्कर खतिवडा पक्राउ

काठमाण्डु- राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा धर्मगुरु पुष्कर खतिवडा ललितपुरको इमाडोलबाट पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि यसो गर्न निर्देशन दिएका थिए । यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेतालाई पक्राउ गरिसकेको छ।