काठमाण्डु- राजावादीहरूले तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोजेपछि त्यस क्षेत्रमा तनाव बनेको छ । भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तीनकुनेमा भेला भएका राजावादी समर्थकहरू तितरवितर भएका छन् । प्रहरीले तीनकुने पुलदेखि बानेश्वरसम्म समर्थकहरूलाई प्रवेशमा रोक लगाएको छ । राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेका…