काठमाण्डु- काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गरेको छ । परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्धन नभए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्याउने व्यवस्था महानगरपालिकाले गरेको हो । समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार प्रदर्शनको तयारी गरेपछि सार्वजनिक सवारी साधन अवरुद्ध हुने भएपछि महानगरले एसईई विद्यार्थीलाई सवारी साधनको व्यवस्था गर्दै गन्तव्यसम्म पुर्यादिने…