काठमाण्डु-पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा एकैघरका दुईजना बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा अन्य दुईजना घाइते भएका छन् । फालेलुङ गाउँपालिका वडा नम्बर– ५ डाँडागाउँमा हिजो विस्फोटक पदार्थ पड्किँएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । स्थानीय आइतराज केरुङको घर नजिकै आँगनमा शंकास्पद बस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएका थिए ।…