काठमाण्डु– सांसद चित्रबहादुर केसीले भष्ट्राचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले हदम्यादको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने, “भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई लिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।” उनले भ्रष्टाचार अन्त्य गर्दै…