मुसहरका छोराछोरीलाई विद्यालय पठाउन मुख्यमन्त्री सिंहले गरे आग्रह

जनकपुरधाम-मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुसहर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन् । हिजो धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको निरिक्षण गरेका उनले मुसहर समुदायका अभिभावकसँग आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका हुन् । प्रत्येक महिना दलित बस्ती अवलोकन गरी त्यहाँको विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनलगायत समस्याबारे स्थानीयसँग छलफल गर्ने कार्यतालिकाअनुसार मुख्यमन्त्री सिंह मङ्गलबार…