काठमाण्डु – प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफू सत्ताको खेलमा नलाग्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रचण्डले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि लागिपर्ने बताएका हुन् । ‘कांग्रेस–एमालेका साथीहरूलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन। माओवादी भनेको…