काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न गोरखामा धुमधाम तयारी सुरु गरिएको छ । पूर्वराजा शाहको संवाद सचिवालयले बुधबार विज्ञप्तिमार्फत शाह यसै हप्ता गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजाअर्चना गर्न जानेबारे जानकारी दिएकै दिन गोरखामा स्वागतका लागि समिति गठन गरिएको छ । पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न भगवानदास मल्लको नेतृत्वमा १५१ सदस्यीय नागरिक समाज समिति…