काठमाण्डु- निर्वाचन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट आजदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्दैछ । पालिकाको रिक्त पदमा उपचुनावको मिति घोषणा भएपछि असोजको पहिलो हप्तादेखि नामावली सङ्कलन कार्य रोकिएको थियो । निर्वाचन आयोगको पदाधिकारी बैठकले रोकिएको नामावली सङ्कलन, दर्ता तथा अद्यावधिक गर्ने कार्य आजदेखि नियमित शुरू गर्ने निर्णय गरेको थियो । आयोगले पेसा, व्यवसाय वा…