काठमाण्डु - नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि शनिबार काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्दैछ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो। बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा शनिबार बिहान ११ देखि ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि…