काठमाण्डु – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वीय संस्कार र संस्कृतिको महत्त्व नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता औंल्याएका छन् । होमप्रसाद आचार्यद्वारा लिखित ‘बृहत् कर्मकाण्ड प्रदीप’ नामक पुस्तक शनिबार लोकार्पण गर्दै उनले हाम्रो संस्कार बुझ्न सक्नेगरी पुस्तक प्रकाशनमा ल्याउनुपर्ने बताए । ‘यो पुस्तकको अन्य संस्करणमा नेपाली र अंग्रेजीमा पनि सकिन्छ भने ल्याउँदा सबैले सहजै बुझ्न सक्नेछन्,’…