राप्रपाले काठमाडौं महानगरलाई बुझायो १ लाख जरिवाना

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । राप्रपाले आइतबारको पूर्वराजाको स्वागत प्रदर्शनमा फोहोरमैला भएबापत महानगरलाई १ लाख रूपैयाँ जरिवाना बुझाएको हो । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो जनप्रदर्शन गरेका थिए । महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐनबमोजिम जरिवाना लगाएको…