काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सांसद जगप्रसाद शर्माले बढ्दै गइरहेका राजावादीका गतिविधिलाई सरकारले नियन्त्रण गर्न नसकेकोमा प्रश्न गरेका छन् । आईतबार विशेष समय लिएर बोल्दै सांसद शर्माले राजावादीको नाममा भइरहेका गतिविधि नियन्त्रणमा लिन सरकारलाई आग्रह गरे । पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न काठमाण्डुस्थित विमानस्थलमा सयौं व्यक्तिहरू भेला भएको बेला…