पालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिन थाल्याे

कालीकोट–किसानलाई पशुपालनमा आकर्षित गराउन कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले गोठालो भत्ता दिन सुरु गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट किसानलाई गोठालो भत्ता दिएको हो । पशुपालन व्यवसाय बढाउनका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले जानकारी दिए । गोठालो भत्ता कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त…