मुगुका कृषकहरू ओखर खेती लगाउने विधि सिक्दै

मुगु – मुगुका कृषकहरू ओखर खेती लगाउने विधि सिक्दै छन् । मुगुमा व्यावसायिक रूपमा खेती गर्दै आइरहेका अगुवा कृषक र प्राविधिकहरूको सहभागितामा विधि सिकाइएको हो । ओखर खेती लगाउने आधुनिक तरिका र आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा हिउँदे फलफूल नर्सरी फलफूल व्यवस्थापन सम्बन्धी ओखर खेती गने विधि सिकाइएको हो ।…