पाँचथर- बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा माझीटारको फाँट चार वर्षदेखि बाझै बसेको छ । खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि त्यहाँका बासिन्दाको जीविकोपार्जन कठिन बन्दै गएको छ । फिदिम नगरपालिका ४ हिलिहाङ गाउँपालिका ७ को सीमास्थित तमोर नदी र हेंवाखोलाको किनारामा अवस्थित माझीटारको समथर खेतीयोग्य जमिनमा मकैबाहेक अन्य खेती हुन छाडेको छ । विसं २०८०…