राष्ट्रपति र भारतीय विदेश सचिवबीच भेटवार्ता, के के भए कुराकानी ?

काठमाण्डु–राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको हो। राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल-भारत मिलेर काम गर्नुपर्ने बताएका छन्। राष्ट्रपति पौडेलले नेपाल-भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा…