काठमाण्डु – नेकपा एमालेको आइतबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले ८ निर्णय गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । प्रमुख गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा जनसंगठन समन्वय सम्बन्धी निर्देशिकामा संशोधनबारे आवश्यक निर्णय गरेको उल्लेख छ ।…