काठमाण्डु – नेपाल प्रहरीले लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम शुभारम्भ गरेको छ । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार आयोजित समारोहबीच महाअभियान शुभारम्भ गरिएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन महाअभियानको शुभारम्भ गरे । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विभिन्न महत्त्वपूर्ण व्यक्तित्वहरू, युवा तथा विद्यार्थीहरू, चलचित्रकर्मीहरू, कला र संगीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई…