उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मीबिच भेटवार्ता

काठमाण्डु– उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीबिच शिष्टाचार भेटवार्ता भएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुकबिचको सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रहेको बताए । उनले भने,…