काठमाण्डु– एयर डाइनेस्टीको बुधबार दुर्घटनामा परेको हेलिकप्टर चार्टर्ड रहेको खुलेको छ। अमेरिकी नागरिक लिन स्याफ्रुबेसी जाँदै गरेको हेलिकप्टरमा चिनियाँ नागरिक चढेको र उनीहरू दुर्घटनामा परेको खुलेको हो। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार सिंहरबारमा बसेको बैठकमा दुर्घटनाबारे जानकारी गराउँदै नागरिक उड्यन तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल घुम्न आएका चिनियाँ नागरिकहरू घर फर्किन चार्टर भएको हेलिकप्टर चढेको…